Tuesday, April 16, 2024

नेपालमा कानून लागेको भए आफूलाई भगवान ठान्ने नेताहरु अहिले सबै जेलमा हुन्थे : चन्द्रप्रसाद भण्डारी

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद भण्डारीले नेपालमा नेताहरुलाई कानून नलागेको बताएका छन् ।

शुक्रबार विवेकशील साँझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा कानून लागेको भए अहिले आफूलाई भगवान ठान्ने नेताहरु सबै जेलमा हुने बताए ।

उनले नेपालको कानूनले नेताहरुसमक्ष आत्मसमर्पण गरेको बताए । उनले आफूहरु लडेर ल्याएको प्रणालीमा सबै फूलहरु फुल्न पाउने भन्दै विवेकशील साझा पार्टीलगायत वैकल्पिक शक्तिहरुले देशका लागि काम गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले जे सोचेर राजनीतिमा लागेका थियौँ । यिनै नेता ईश्वर हुन् भन्ने लागेको थियो, यिनका निम्ति हाम्रो समाज, हाम्रो संस्कृति, हाम्रो सम्बन्ध तहसनहस पार्‍यौं ।

तर नेपालमा कानूनले काम गरेको भए हामीले मानेका धेरै नेताहरु जेलमा हुन्थे । नेपालमा कानूनले काम नै गरेन । आत्मसमर्पण गरे । यो एउटा पक्ष छ । हामीले ल्याएको प्रणालीमा सबै फूलहरु फुल्नसक्ने व्यवस्था हामीले गरेका छौँ ।’

 

ताजा समाचार

सम्बन्धित समाचार