Saturday, April 20, 2024

मुख्यमन्त्री कमल शाहले गरे २ मन्त्री नियुक्त

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री नियुक्त गरेका छन् ।

उनले नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा भौतिक पूर्वाधारमन्त्री र नेकपा समाजवादीका नरेशबहादुर शाही आर्थिक मामिला मन्त्रीमा नियुक्त गरेका हुन् ।

मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच देउवा र शाहीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

२७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह संविधानको धारा १६८ को उपधारा ९३० अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार