Saturday, July 27, 2024

सीमानाकामा तस्करी रोक्न सुरक्षा निकायको भुमिका अझै प्रभावकारी नभएको भन्सार प्रमुख विश्वकर्माको भनार्ई

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गडचौकीका प्रमुख धुब्र्र राज विश्वकर्मा एक यस्ता कार्यालय प्रमुख हुन जुन भन्सार कार्यालयको राजश्व संकलन अभिवृद्धी,चोरी पैठारी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण गर्ने उदेश्यले खाई नखाई खटिरहेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एक हातमा तराजु र अर्को हातमा कलम अनि साथमा दुई चार जना सुरक्षाकर्मी दुई चार जना भन्सारका कर्मचारीहरुसंग सधै जसो गेटमा टिउँटिमा खटिएका देखिन्छन् उनि । २०६९सालमा नेपाल सरकारको उपसचिवको पदमा जागिरमा छिरेका धुर्ब्र राज विश्वकर्मा २०७८साल कार्तीक १५ गते काकरभित्ता भन्सार कार्यालयबाट कञ्चनपुर भन्सार कार्यालय सरुवा भएर आएका हुन ।

उनि कञ्चनपुर आएको १५ महिना भएको छ ।कञ्चनपुर आएको भोलिपल्ट देखी नै राजश्व संकलनको काममा खरो रुपमा प्रस्तुत भएका विश्वकर्माले सुरुवाती चरणमा खुल्ला रुपमा चोरी पैठारी गर्ने ब्याक्तिहरुसंग ठुलो संघर्ष गर्नु परेको थियो ।संघर्ष मात्र होईन  भारतीय स्थानिय बनबासा बजारबाट क्यारीङ गर्ने महिलाको ठुलो भिडसंग हातापाई समेत भयो ।खुल्ला रुपमा चोरी तस्करी गर्ने नपाएका तस्करहरुले आक्रोसमा प्रमुख विश्वकर्माको सरकारी निवासको गेटमा समेत लात्ताले बजार्न देखी प्रमुखलाई आक्रमण गर्ने समेत भ्याएका थिए ।

प्रमुख विश्वकर्माले भन्सारमा आन्तरीक र बाह्य रुपमा कडाई गरेपछि क्यारीङ गर्ने व्याक्ति,तस्कर गिरोह,सिमा सुरक्षाका लागि खटिएका शसस्त्र प्रहरीहरु नाफा कमाउन नपाउदा उनिहरुलाई रातभरी छट्पटि हुनेगरेको छ । प्रमुखले भारत बाट क्यारीङ गर्ने ब्यापारीहरु, तस्करहरु,शसस्त्र प्रहरी, भन्सारका कर्मचारी, माथि निगरानी थालेपछि प्रमुख विश्वकर्माको सरुवा कहिले हुन्छ भनेर सेटिङ समुहहरुले बाटो कुरेर बसीरहेका छन् ।भन्सारमा राजश्वको अभिवृद्धिका लागि एकलरुपमा संघर्ष गरिरहेकोले भन्सार प्रमुखले भन्सारसंग सम्बन्धीत निकायलाई समेत भन्सार चुहावट रोक्नमा साथ सपोर्ट गर्ने हाग्रह गरेका छन् । विश्वकर्माले तस्करी गरी खुल्ला सिमानाबाट तितर – वितर हुने ब्याक्तिहरुलाई पक्राउ गर्ने भन्सार कार्यालयको सरकारी गाडिमा समेत घुम्तीटोलि खटन पटन गरेका छन्। खटन –पटन भएको उक्त घुम्ती टोलिले राजस्व नतिरि भाग्ने तस्करहरुको धेरै मालसमान समेत जफत गरेको छ ।

भन्सार प्रमुखले चारैतिर निगरानी बढाईरहदा समेत सिमा सुरक्षा बल शसस्त्र प्रहरीको मिलोमतोमा राती १२ बजे समेत तस्कर गिरोह सक्रिय भई तस्करी गरीरहेको एक स्थानिय ब्यापारीले आभाषकुञ्जलाई बताए ।शसस्त्र प्रहरीबल नेपाल ३५ नम्बर शैलेश्वरी गण कञ्चनपुरका प्रमुख प्र.उ प्रेमबहादुर रावलले सीमा सुरक्षा र अपाराधमा शुन्य सहनशिलता अपनाउने भनेपनि प्रमुखको आदेशलाई नटेरेर सिमा सुरक्षका लागि खटाईएका शसस्त्र प्रहरीको मिलोमतोमा नै तस्करी बढिरहेको स्थानियको भनाई छ ।

ब्यारियल चेकिङमा रहेका शसस्त्र प्रहरी र भन्सारका कर्मचारीले ब्यापारिक प्रयोजनका लागि मालसमान ल्यायका साईकलबाट ३ सय र मोटरसाईकल बाट खुल्ला रुपमा ५ देखि ६ सय सम्म असुली गर्ने गरेको स्थानिय ब्यापारिले बताए । सधै जसो भन्सार छलेर चोरीको बाटो हुदै सेटिङमा सरसमान ओसारपसार गर्ने ब्यापारिहरुलाई प्रमुखले कडाई गरे संगै राजस्व तिर्ने कठिनाई हुने गरेको छ । भन्सार प्रमुखले समान चेकजाचमा कडाई गरेपछि ब्यारीयलमा खटिएका शसस्त्र प्रहरीले सानो सानो साईकल ब्यापारीहरुलाई चेकजाचका नाममा पैसा नदिदा दुखं दिने गरेको स्थानिय ब्यापारी बताउछन्।

चकजाचको नाममा भन्सार प्रमुखको आखामा छारो हाल्दै सानो तिनो समान पक्राउ गर्ने र ठुला तस्करहरु संग मिलेर पैसा असुल्ने गर्ने शसस्त्र प्रहरीको गलत नियत भएको ति ब्यापारी बताउछन् । कञ्चनपुर जिल्लाका भारत संग जोडिएका खुल्ला सिमानामा उच्च सिमा सुरक्षा निकाय तैनाथ रहदा पनि कञ्चपुर जिल्लामा चोरी,तस्करी,लुटपाट, हत्या,लागु औषध ओसार पसार जस्ता घटना बढ्दै जादा स्थानियहरुले प्रशासन माथिनै प्रश्न उठाई रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार