राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन पद तथा गोपनीयताको शपथ

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड लगायतका व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । माओवादी केन्द्रकी अर्याल सोमबार राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार