Saturday, July 27, 2024

१५ शय्याको नगर अस्पताल बेदकोट नगरपालिकाले निर्माण गर्दै

प्रकाशित:

महेन्द्रनगर । बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण सुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण सुरु भएको छ । सम्झौता अनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवा सँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।

‘दुई वर्षभित्र सक्ने गरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलो गरी काम सुरु भयो’, उनले भने, ‘आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु भएको छ ।’

सरकारले उपलब्ध गराउने सेवा सुविधा जनताको घरआँगनमा दिलाउने र सामान्य नागरिकले पनि सरकारको सेवासुविधाको पहुँचमा पुग्ने सक्ने अवस्था सिर्जना गर्नका लागि नगर अस्पताल निर्माण गरिन लागेको उनले बताए ।

बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पातल निर्माण गरिन लागेको बताए । ‘नगर अस्पतालमा छ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ’, उनले भने, ‘ल्याब, इर्मेजेन्सीलगायतका सेवा सञ्चालन हुने छन ।’ उनले अस्पताल सञ्चालनमा आए यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हट्ने बताए ।

स्थानीयवासीले स्वास्थ्य आधारभूत आवश्यकता भएकाले नगरपालिकाले अस्पताल छिटो सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । ‘पालिकाले निर्माण सम्पन्न गरिसक्ने बेला काम सुरु गरेको’, स्थानीय गणेश भट्टले भने, ‘हातको औँला काटिए पनि महेन्द्रनगर बजार पुग्नुपर्ने बाध्यता छ यसको अन्त्य गर्न नगरपालिकाले समयमै अस्पताल सञ्चालनमा ल्याउनुपर्छ ।’

हाल यहाँका स्थानीयवासीले सामान्य उपचारका लागि पनि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता छ । (रासस)

 

ताजा समाचार

सम्बन्धित समाचार