Saturday, July 27, 2024

सांसद रानाद्वारा महेन्द्रनगर मावि साधारण स्कुलको तीन तले भवन र छात्रवासको उद्घाटन

प्रकाशित:

महेन्द्रनगर ।
२१ माघ । महेन्द्रनगर माद्यमिक विद्यालय, साधारण स्कुलले तीन तले भवनको उद्घाटन गरेको छ । शनिवार एक कार्यक्रम आयोजना गर्दै भीमदत्त–१८ मा रहेको महेन्द्रनगर मावि साधारण स्कुलले तीन तले भवनको उदेघाटन गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुदूर पश्चिम प्रदेश सभा सदस्य, कञ्चनपुर क्षेत्र नं. (ख) बाट निर्वाचित प्रदेश सभा सांसद बेलबहादुर रानाले साधारण स्कुलको उक्त भवन र विद्यार्थी छात्रवासको उद्घाटन गरेका हुन् । विद्यार्थीहरुको पठनपाठनका लागी साधारण स्कुलले १२ कोठे तिन तले भवन र सात कोठे विद्यार्थी छात्रवास भवनको निर्माण सम्पन्न पश्चात् शनिवार उदेघाटन गरेको हो ।

सुदुर पश्चिम प्रदेश सरकारको अनुदानमा महेन्द्रनगर मावि साधारण स्कुमा उक्त भवन र छात्रवास बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र राज बिष्टले बताए । देशकै लागि नमुना विद्यालय बन्न सफल साधारण स्कुलमा नर्सरी देखी १० सम्म नेपाली र अग्रेजी दुवै माध्यममा पढाई हुँदै आएको छ ।

उक्त विद्यालयमा विज्ञान देखि प्राविधिक धारसम्मका विषयहरु समेत पढाई हुने गरेको छ । विद्यालयमा नर्सरी देखि १२ सम्म अग्रेजी–नेपाली माध्यम तथा प्राविधिक धारमा जम्मा २ हजार ५ सय २ जना विद्यार्थीहरु पठनपाठन गर्दै आएको प्रधानाध्यापक साउँदले बताए ।

प्रदेश सभा सांसद राना प्रमुख अतिथी रहेको उक्त भवन उद्घाटन कार्यक्रममा विद्यालयको प्रगती विवरण प्रधानाध्यापक ललित सिंह साउदले प्रस्तुत गरेका थिए, भने कार्यक्रम सञ्चालन सह–प्रधानाध्यापक सरस्वती भाटले गरेकी थिइन् ।

ताजा समाचार

सम्बन्धित समाचार