Saturday, July 27, 2024

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार बेलौरी नगरपालिका वडा नं ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकिल दुर्घटना हुँदा ब..न.पा वडा नं ६ बस्ने बर्ष २३ वर्षिय अमर चौधरी चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन् । उनलाई उपचारका लागि धनगढी पठाइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार