Saturday, July 27, 2024

महेन्द्रनगरको अमिटीले कलेजले मनायो १३ औं वार्षिकोत्सव

प्रकाशित:

महेन्द्रनगर । अमिटी कलेजले विभिन्न कार्यक्रम गरी १३ औं वार्षिकोत्सव मनाएको छ । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कलेज सञ्चालक समितिका अध्यक्ष गोकुलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रा। डा। चुडामणी जोशी, डा. टेकराज पन्त, डा. महादेब विष्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमबिक्रम थापा विशिष्ठ अतिथि थिए ।

विभिन्न कलेजका प्रिन्सिपल, शिक्षक, विद्यार्थी, अभिभावक सहभागी कार्यक्रममा रविन्द्र अवस्थीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले १३ औं वार्षिकोत्सव मनाउँदासम्म कलेजले अपेक्षित रुपमा शैक्षिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै शिक्षक, विद्यार्थी, अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिए ।

प्रिन्सिपल अवस्थीले हालसम्म कलेजका ५२ विद्यार्थीले फूल ग्रेट पोइन्ट९जीपीए० ल्याएको र यस वर्ष ५ जनाले एमबीए अध्ययनका लागि पूर्ण छात्रबृत्ति पाएको बताए ।

कार्यक्रममा कलेजमा अध्ययन गरी सरकारी सेवामा जागिर भएका विद्यार्थीलाई सम्मान गरिएको छ । उनीहरुमा कलेजको पाँचौ ब्याचका गणेश विष्ट, चौथो ब्याचकी पूजा ओझा, मेनका जोशी र पवन ओडलाई दोसल्ला ओढाएर ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।

सम्मानित हुने पाँचौ बयचका विष्ट नेपाल राष्ट्र बैंकको सहायक निर्देशक हुन् । उनी आफैैं कार्यक्रममा सहभागी भएका छन् । विष्ट बाहेक अन्यका अभिभावकले सम्मान ग्रहण गरेका छन् । उनीहरुमध्ये ओझाले राष्ट्रिय बाणिज्य बंैकमा पाँचौ तह, जोशी राजश्व विभागको महिलातर्फ पहिलो नम्बर र ओडले कृषि विकास बैंकको पाँचौ तहमा नाम निकालेका छन् ।

उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता चन्दले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
यसैगरी कार्यक्रममा कलेजले शिक्षक र कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । कलेजका भिजिटिङ्ग प्रोफेसर डा। महादेब विष्ट र कार्यालय सहयोगी खुसीराम चौधरीलाई सम्मान गरिएको छ । डा। विष्टलाई १० हजार तथा चौधरीलाई ५ हजार नगद सहित सम्मान गरिएको छ ।

पोखरामा सम्पन्न राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीलाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा विभिन्न खेलमा कलेजका १२ विद्यार्थी सहभागी भएका थिए ।

उनीहरुमा छात्रतर्फ बास्केटकल दुई जना, छात्रातर्फ बास्कमेटल ५ जना, खोखो एक जना, टेबलटेनिस २ जना तथा ब्याडमिन्टन र क्रिकेट एक/एक जना छन् ।

कलेजले वार्षिकोत्सव अवसरमा वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्र र कञ्चनपुर जिल्ला खेलकूद विकास समितिलाई नगद २०/२० हजार सहयोग गरेको छ ।

कलेजबाट हालसम्म ८ सय विद्यार्थी पास आउट भएका छन् । हाल ५ सय ३० विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रिन्सिपल अवस्थीले पास आउट भएकामध्ये १ सय २० जना नेपाल बाहिर अध्ययन र जागिरमा रहेको तथा बाँकी स्वदेशमा अध्ययन र जागिरमा भएको जानकारी दिए ।

बीबीए र बिएचसिएमको पठनपाठन हुँदै आएकोमा कलेजले एमबीए र बीसीए पढाउने प्रक्रिया अघि बढाएको छ । कलेजका प्रिन्सिपल अवस्थीले एमबीए बिसिएका लागि पोखरा विश्वविद्यालयमा १० लाख धरौटी राखेको जानकारी दिए ।

‘धरौटी राखि सकेका छौ, विश्वविद्यालयले छिटो भन्दा छिटो स्वीकृत दिन्छ भन्नेमा आशावादी छौ’ उनले भने ।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि चन्द सहित कार्यक्रमका विशिष्ठ अतिथि, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतले शुभकामना मन्तव्य राखे ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कलेजका कार्यक्रम संयोजक मुकुन्द उप्रेतीले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक घनश्याम भट्टले सञ्चालन गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार