Tuesday, March 19, 2024

जन्मदिनको अवसरमा नेविसंघका नेता जोशीद्वारा अस्पतालका बिरामीलाई फलफुल वितरण

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता ईश्वर जोशीले आफ्नो जन्मदिनको अवसरमा महाकाली प्रादेशिक अस्पतालका विरामीलाई फलफुल वितरण गरेका छन् ।

कञ्चन विद्या मन्दिर सामुदायीक कलेजमा अध्ययनरत जोशी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता हुन् । उनले जन्मदिनको अवसर पारेर अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको विद्यार्थी नेता गोकर्ण महराले बताए ।

नेविसंघबाट कञ्चन विद्या मन्दिर सामुदायीक कलेजमा जोशी स्ववियू सभापतिमा चुनाव लड्ने तयारीमा छन् ।

No description available.

ताजा समाचार

सम्बन्धित समाचार