महेन्द्रनगर । कञ्चनपुरमा एक अविवाहित बालिकाले बच्चा जन्माएकी छिन् ।

जिल्लाको बेलौरी नगरपालिका–८ कलकत्ताकी १४ वर्षीया बालिकाले माघ ३ गते घरमै छोरा लाई जन्म दिएकी हुन् ।

बालिकाले जन्म दिएको शिशु कसको हो? भन्ने खुलेको छैन । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
