Friday, April 19, 2024

विश्व हिन्दु परिषद् नेपालद्वारा कञ्चनपुरमा ‘शुभचिन्तक अभियान’

प्रकाशित:

महेन्द्रनगर । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा देशव्यापी शुभचिन्तक अभियान थालनी गरिएको छ । सनातन हिन्दु धर्मको रक्षार्थ विश्व हिन्दु परिषद् नेपालले देशव्यापी रुपमा पुष २३ देखि माघ १५ गते सम्म शुभचिन्तक अभियान थालेको उक्त संगठनका नेपालगञ्ज र सुदूरपश्चिम संवाहक सचिव धनुषधारी पाण्डेयले बताए ।

नेपाललाई हिन्दुराष्ट्र कायम गर्नु पर्ने मुल एजेण्डा सहित गैर राजनीतिक तवरले विश्व हिन्दु परिषद् नेपालले देशव्यापी रुपमा शुभचिन्तक अभियान थालेको छ । समाजमा रहेका विकृति तथा कु–संस्कारहरुलाई निर्मुल पार्नुका साथै धर्मको रक्षार्थ यो अभियान थालिएको विश्व हिन्दु परिषद् कञ्चनपुरका अध्यक्ष लक्ष्मीराज जोशीले बताए ।

हिन्दु परम्परा तथा संस्कृतिको जगेर्ना गर्नुका साथै धर्मप्रति आस्थावान सबैलाई एकिकृत गर्ने मुल उद्देश्य सहित आफुहरु उक्त अभियानमा रहेको उनको तर्क छ । नेपाली समाजमा रहेका सम्पुर्ण जातजाती तथा वर्णलाई जोडेर नेपाल हिन्दुराष्ट्र घोषणाका लागि दबाब सिर्जना गर्ने विशुद्ध गैर राजनीतिक अभियान रहेको कञ्चनपुरका उपाध्यक्ष धन बहादुर कुँवरले बताए ।

संगठनमा हिन्दु धर्मालम्बीहरुको सदस्यता बढाउनका लागी अहिले यो अभियान थालिए हो । नेपालका कुनैपनि राजनीतिक पार्टीहरु संग आफुहरुको सम्बद्धता नरहेको समेत सचिव धनुषधारी पाण्डेयको दाबि छ ।

ताजा समाचार

सम्बन्धित समाचार