Saturday, July 27, 2024

बिधार्थीहरुको प्रतिभाका लागि लिटिल बुद्ध एकेडेमी उच्च माध्यमिक विद्यालयले गर्यो कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालीका महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमी उच्च माध्यमिक  विद्यालयले कार्यक्रमको आयोजना गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार भएको कार्यक्रममा बिधार्थीहरुले निर्माण गरेको बिज्ञानका सामग्री प्रदर्शनी, फुड स्टल, कागजबाट निर्मीत बिभिन्न हस्तकला सामग्री प्रदर्शनी र कल्चरल नुत्य कार्यक्रमको आयोजना गरिएको विधालयका प्रिन्सीपल श्यामसिंह मौनीले जानकारी दिएका छन् ।

बिधार्थीहरुको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

बिधार्थीहरुलाई कक्षाकोकोठाको ज्ञान मात्रै नभएर उनिहरुमा रहेको भित्री सिप, कला, तथा क्षमताको पहिचान गर्ने र उनिहरुलाई प्रोत्साहन गर्ने टिम कार्य गर्न सिकाउने र हौसला प्रदान गर्ने उदेश्य रहेको उनले बताए ।

बिभिन्न बिधामा उत्कृष्ट हुने बिधार्थीहरुलाई पुरुस्कारको व्यवस्था पनि रहेको र फुड स्टलबाट उठेको केही रकमलाई सामाजिक उत्तरदायित्व कार्य अन्र्तगत अनाथालाय तथा वृद्धाआश्रममा दान दिने योजना रहेको उनले जानकारी दिए ।

वि.सं. २०६३ साालमा स्थापित लिटिल बुद्ध एकाडेमीले नेपालकै शैक्षिक क्षेत्रमा विशिष्ट पहिचान बनाईसकेको छ ।

वि.सं.२०६३ सालमा नर्सरी देखी कक्षा ८ सम्मको पठनपाठन गराउदै स्थापना भएको विद्यालयले २०६५ सालमा कक्षा १० सम्म पठन पाठन गराउन शुरु गर्यो ।

त्यस्तै विद्यालयले वि.सं. २०६९ सालमा ११ कक्षाको पठनपाठन सञ्चालनमा ल्यायो । हाल विद्यालयले +२ मा बिभिन्न संकायमा पठनपाठन गराउदै आएको छ ।

विद्यालयलले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र लगायत खेलकुद,सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक मौनीले लिटिल बुद्ध एकाडेमीले देशकै शैक्षिक क्षेत्रमा ठुलो भुमीका निर्वाह गरेको बताए । साथै बिधालयले उत्कृष्ट मावी २०७७ र २०७८बाट सम्मानित भएको छ ।

स्थानिय तथा अभिभावकहरुको साथ,सहयोगले विद्यालय यो स्थानमा पुग्न सफल भएको प्रधानाध्यापक मौनीले बताए । उनका अनुसार विद्यालयमा हाल २ हजार ७ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

विद्यालयबाट माध्यमिक तह अध्ययन गरी गएका धेरै विद्यार्थीहरु देशको विभिन्न क्षेत्रमा सेवा गरीरहेका र केही देश विदेशमा उच्च शिक्षा अध्ययन गरीरहेका प्रधानाध्यापक मौनीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार