Tuesday, March 19, 2024

भीमदत्तको प्राथमिकतामा छाडा चौपायाको दिगो व्यवस्थापन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गौमाता तथा नंदी (सामुदायिक चौपाया) व्यावस्थापन लाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

मंगरबार नगर प्रमुख पदम बोगटी नेतृत्वको टोलीले चौपाया व्यवस्थापनका लागि सम्भावित जग्गाको निरिक्षण गरेको छ । गत बुधवार चौपाया व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न गठित समितिले बुझाएको प्रतिवेदनमा उल्लेखित सम्भावित जग्गा एवम् क्षेत्रहरुको मंगलबार नगर प्रमुख बोगटीले स्थलगत निरिक्षण गरेका हुन् ।

केहि दिन पहिले नगरप्रमुख बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट, १४ का वडाध्यक्ष भोजराज जोशी, ७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी थारु र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो ।

उक्त समितिलाई प्रत्यक ३/४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो । उक्त समितिले गत बुधवार नगर प्रमुख बोगटीलाई प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनमा उल्लेखित जग्गा एवम् क्षेत्रहरुको नगर प्रमुख बोगटी नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

‘अहिले तत्काल पुरै नगरपालिका भरिका सामुदायिक चौपाया एकै ठाउँमा व्यवस्थापन गर्न जग्गा अभाव तथा अन्य कारणले सकिने अवस्था छैन ।’ नगर प्रवक्ता खड्काले भने ‘त्यसैले प्रत्यक ३/४ वडाका चौपाया एक ठाउँमा व्यवस्थापन हुनेगरि जग्गा खोज्न समिति गठन गरिएको थियो ।’ उनले अगाडी भने ‘उक्त समितिले गौमाता व्यवस्थापन गर्न सकिने सम्भावित जग्गाको जानकारी सहितको प्रतिवेदन नगर प्रमुखलाई बुझाएपछि ।

मंगरवार नगर प्रमुख सहित हामीहरुले प्रतिवेदनमा उल्लेखित जग्गाहरुको स्थलगत अनुगमन गरेका हौँ । बुधवार सोही विषयमा छलफल गर्न जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहराको संयोजगत्वमा सर्वपक्षिय,सर्वदलिय छलफल एवम् अन्तक्रिया बैठक बोलाइएको छ ।’

यस्तै मंगलवार नगर प्रमुख बोगटीको अध्यक्षतामा र वडाध्यक्ष,कार्यपालिका सदस्य, शाखा प्रमुखहरुको उपस्थितिमा बसेको बैठकमा समेत चौपायाको व्यावस्थापनका विषयमा छलफल गरिएको नगर प्रवक्ता खड्काले बताए ।

उनकाअनुसार जति सक्दो छिटो गौमाता तथा नंदी ९छाडा चौपाया०को समस्या समाधान गर्नेगरी प्राथमिकतामा राखेर काम गरिरहेका छौ । यसअघि पनि नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका, गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार