Saturday, July 27, 2024

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा मुक्त कमलरीहरूको माघी कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । मुक्त कमलरी विकास मञ्च शाखा कञ्चनपुरले माघी मिलन, सांस्कृतिक तथा शुभकामना आदान प्रदान गरी कार्यक्रम मनाएकोे छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका–१८ स्थिति भगतपुर खानेपानी टंयाकी नजिक योगशालामा आयोजित उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुतीका साथै बिभिन्न थरीका थारु पकवान समेत बाडेका थिए ।

थारु समुदायले हर्ष उल्लासका साथ मनाउने माघी पर्वको पूर्व सन्ध्यामा शुक्रबार मञ्च संगै सह आयोजक मदन आश्रित टोल, मनकामना र लाली गुरास टोल, शान्ती कामना टोलले संयुक्त रुपमा माघी मिलन, कार्यक्रम मनाएको हो ।

सुदूरपश्चिममा माघी पर्वलाई विशेष रुपमा लिईन्छ, भने थारु जातिले यसलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यस दिन थारु समुदायमा बडघर चयन पनि गर्ने गर्दछन् । खानाका विभिन्न परिकार बनाएर एक आपसमा बाडेर खाने चलन छ ।

उक्त कार्यक्रमको सभापति मुक्त कमलरी विकास मञ्च शाखा अध्यक्ष सीता चौधरी रहेकी थिइन् ।

माघीको यस कार्यक्रममा मुक्त कमलरी सबै बालबालिकाहरुलाई कपडा समेत वितरण गरिएको थियो ।

प्रमुख अतिथीमा पूर्व माननीय निरु देवी पाल, विशिष्ट अतिथीमा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटी, निर्वतमान नगर प्रमुख सुरेन्द्र विष्ट रहनु भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार