२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

करेन्ट लागेर डडेल्धुरामा एकजनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका–४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

आर्कुडाका ४२ वर्षीय सुन्दरसिंह भाटको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार घर नजिकैको ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा भाटको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको हो ।

मृतक भाट नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरा अन्तर्गत बगरकोट सव स्टेशनमा सुरक्षा गार्डको काम गर्दै आएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार