Saturday, July 27, 2024

मिडिया एक्सन नेपालद्वारा प्रेस अवार्ड स्थापना

प्रकाशित:

कञ्चनपुर : नेपालमा अभिव्यक्ति स्वतन्त्रता र सञ्चार विकासका लागि विगत आठ वर्ष देखि क्रियाशील संस्था मिडिया एक्सन नेपालले पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार शिक्षाका क्षेत्रमा काम गर्दै आएका विभिन्न विशिष्ट व्यक्तिहरूको योगदानको कदर गर्दै तीनवटा प्रेस पुरस्कार स्थापना गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

‘मिडिया एक्सन नेपाल-प्रेस अवार्ड्स’ नामकायी पुरस्कार मिडिया फ्रिडम कोलिसन-कन्सल्टेटिभ नेटवर्कको सदस्य समेत रहेको मिडिया एक्सन नेपालले पत्रकारिता, मिडिया शिक्षातथा प्रशिक्षण, सञ्चार विकास र प्रेस अधिकारको संरक्षणका लागि सक्रिय व्यक्तित्वहरूलाई सम्मान गर्न स्थापना गरेको हो ।

यी पुरस्कार हरेक वर्ष मिडिया एक्सन नेपालको स्थापना दिवस अर्थात् डिसेम्बर २१ का दिन पत्रकारिता, प्रेस स्वतन्त्रता र मिडिया शिक्षा गरि तीन विधामा प्रदानगरिने छ । हरेक विधामा पुरस्कारका साथ रु. २५,००० को नगद राशि र प्रशंसापत्र पनि प्रदान गरिनेछ ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तका अनुसार यी पुरस्कार नेपालमा स्वतन्त्र र जिम्मेवार मिडियाको विकासका लागि प्रोत्साहन स्वरूप प्रदान गरिन लागेको हो ।

‘स्वतन्त्र पत्रकारितामा धेरै दृश्य र अदृश्य शक्तिहरू बाट आक्रमण भइरहेको र सञ्चार माध्यमको विश्वसनीयतामा राज्य र समाजका विभिन्न अङ्गहरूबाट नियमित रूपमा प्रश्न उठिरहेको अवस्थामायी पुरस्कारले शक्तिलाई प्रश्न सोध्न सक्ने, समाजलाई ऐना देखाउन सक्ने र जनता प्रति जवाफदेही रहन सक्ने सशक्त र जिम्मेवार सञ्चार जगत निर्माणमा असाधारण भूमिका निर्वाह गरिरहेका मानिस र तीनको कामलाई प्रकाश माल्याउने हामीले विश्वास गरेका छौँ,’उहाँले भन्नुभयो ।

सन् २०२३ माभने, पुरस्कार प्रदानको पहिलो वर्ष भएकोले, मिडिया एक्सन नेपालले तीनै विधालाई समावेश गरि एकल पुरस्कार प्रदानगर्नेछ ।

मिडिया एक्सन नेपालले यस वर्षको पुरस्कार वरिष्ठ अधिवक्ता तथा प्रेस काउन्सिल नेपालकापूर्व अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

कार्की विगतलामो समय देखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज उठाउँदै आइरहेका छन् । प्रेस काउन्सिलमा रहँदा र त्यस अघि र पछि पनिउनले नेपालको सञ्चार क्षेत्रलाई सुदृढ पार्न धेरै किसिमले योगदान दिएका छन् ।

जनवरी १० (पुस २६ गते) मंगलबार काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा उहाँलाई सम्मान गरिने छ । सन् २०१५ मा स्थापना भए देखि नै मिडिया एक्सन नेपालले राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ संस्थाहरू सँग सहकार्य गरि अनुसन्धान, संवाद, वकालत, प्रकाशन तथा अभिलेखीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धि मार्फत स्वतन्त्र र जिम्मेवार प्रेस निर्माणमा अग्रगामी भूमिका खेल्दै आएको छ ।

देशका सातै प्रदेशमा उपस्थिति रहेको यस संस्थाले हाल सम्म ५ हजारभन्दा बढी नेपाली पत्रकारहरू सँग काम गरिसकेको छ । यसले विशेष गरी मिडिया फ्रिडम कोलिसन मार्फत विश्वव्यापी रूपमा नै नेपालको मिडिया परिप्रेक्ष्य प्रस्तुत गर्दै देशको आवाज उठाउँदै आइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार