महेन्द्रनगर । नेपाल खुल्ला विश्व विद्यालयले अब घरमै बसेर अध्ययन गर्न सक्ने व्यवस्था सहितको कार्यक्रम लागु गर्ने भएको छ ।

शुक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै विद्यालयले बिभिन्न कारणले नौकरीले गर्दा आफनो स्नातक तथा स्नाकोत्तर अध्ययनलाई निरन्तरता दिन नसकेका सम्पूर्ण विधार्थी लगायतहरुलाई अब घरमा बसेर पनि आफनो शिक्षा हासिल गर्न सक्ने वातावरणको निर्माण गरिने कार्यक्रम संयोजक विकास ढकालले जानकारी दिए ।

नेपाल खुला विश्व विद्यालय नेपालमा खुला र दुर सिकाइको विधि मार्फत अध्ययन–अध्यापन संचालन गर्न स्थापना भएको विश्व विद्यालय रहेको उनले बताए ।

संघिय संसद्बाट नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ पारित भए पश्चात वि.सं. २०७५ साल जेठ महिना देखि यस विश्व विद्यालयमा नवीनतम् शिक्षण विधि तथा प्रविधिको माध्यमबाट विभिन्न विषयका कक्षाहरू सञ्चालन भईरहेको जानकारी दिए ।
नेपाल खुला विश्वविद्यालय भौतिक रुपमा उपस्थित हुन असमर्थ भई आफ्नो उच्च शिक्षा यात्रा पुरा गर्न नसकेका स्वदेश तथा विदेशमा रहेका विद्यार्थीहरूलाई खुला र दुर शिक्षा विधिको माध्यमबाट ज्ञान, सीप र दक्षता प्रदान गर्ने नेपालको पहिलो र एक मात्र सरकारी विश्वविद्यालय रहेको बताए ।
हाल यस विश्वविद्यालयमा चार हजार भन्दा बढी विद्यार्थीहरुले स्नातक देखि विद्यावारिधि सम्मको तहका विभिन्न शैक्षिक कार्यकहरुमा भर्ना भई अध्ययनरत छन् ।
विश्वविद्यालयले सस्तो लागत, लचिलो र विद्यार्थी मैत्री वातावरणमा प्रभावकारी आधुनिक प्रविधिको प्रयोग गरी दक्ष र सक्षम जनशक्ति उत्पादन गर्न सीमान्तकृत र पिछडिएका वर्ग अनि समूदाय लगायत सबैका लागि शिक्षामा पहुँच सुनिश्चित गर्ने हेतुले आफ्ना शैक्षिक कार्यक्रमहरु अगाडी बढाइ रहेको छ ।
यसै सन्दर्भमा नेपाल खुला विश्वविद्यालयले विगत ३ वर्ष देखि स्नातकोत्तर तहमा मिडिया एण्ड कम्युनिकेशन र यसै वर्षबाट स्नातक तहमा जर्नलिजम र मास कम्युसनकेशन विषयको समेत पठन पाठन शुरु गर्न लागेको कुरा बताए ।