Saturday, April 20, 2024

सुदूरपश्चिमका सबै जिल्लामा एकहप्ता सम्म विद्युत् सेवा अवरुद्ध

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीकाे बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने भएको छ ।

अत्तरिया ग्रिड शाखा अन्तर्गत स्याउले-अत्तरिया १३२ के.भी. प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर ३७७ मा कन्डक्टर र ओपिजिडब्ल्यु स्ट्रिङिङ तथा टावर नम्बर ३४६ मा टावर विघटन, पुनः निर्माण र कन्डक्टर विश्राम लगायतका कार्य हुने भएकोले पुस ९ गतेदेखि १५ गतेसम्म विद्युत् सेवा अनियमित हुन सक्ने नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका प्रमुख रेवत कुमार चौधरीले जानकारी दिनुभएको छ ।

त्यस्तै, कञ्चनपुर जिल्लाका आधा भूभागमा शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने बताइएको छ ।

लालपुर-कलुवापुर-बेलौरी ३३ के.भी. लाइन अपग्रेड कार्य समाप्त भएसँगै नयाँ लाइनको परीक्षण र सञ्चालनका लागि कलुवापुर सबस्टेसनमा फिडर निर्माण, मिटरिङ युनिट जडान लगायत अन्तिम चरणमा रहेका कार्य सम्पन्न गर्नुपर्ने भएकोले त्यस अन्तर्गत कञ्चनपुर क्षेत्र नम्बर १ पुरै र क्षेत्र नम्बर २ काे केही भूभागमा शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समयमा विद्युत् सेवा अवरुद्ध रहने नेपाल विद्युत् प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार