२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

कञ्चनपुरका एकजना युवा अवैध लागूऔषध सहित बनबासामा पक्राउ

प्रकाशित:

महेन्द्रनगर । सीमावर्ती बजार बनबासाबाट अवैध लागूऔषध स्मेकसहित भारतीय प्रहरीले महेन्द्रनगरका एक युवालाई पक्राउ गरेको छ ।

उत्तराखण्ड प्रहरीले सञ्चालन गरिरहेको ‘नशामुक्त अभियान’ अन्तर्गत ती नेपाली युवा पक्राउ परेका हुन् ।

भारतीय प्रहरीका अनुसार ३ दशमलव ९० ग्राम स्मेकसहित भीमदत्त नगरपालिका–१८ का कमलेश गिरी पक्राउ परेका हुन् ।

उत्तराखण्ड प्रहरीले पछिल्लो दिनमा अप्रेसन क्रयाक डाउन सञ्चालन गरेपछि पनि सीमावर्ती क्षेत्रबाट दिनहूजसो नेपाली युवा अवैध लागूऔषधसहित पक्राउ पर्ने क्रम जारी छ ।

ताजा समाचार

सम्बन्धित समाचार