२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ९ को वडाकार्यालयले १ दिने निशुल्लक आखा शिविर संचालन गर्ने

प्रकाशित:

Advertisements

महेन्द्रनगर ।कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ९ को वडाकार्यालयले १ दिने निशुल्लक आखा शिविर संचालन गर्ने भएको छ ।शुक्लाफाटा नगरपालिकाको वडा न ९ को वडा कार्यालयले च्यारेटि हेल्थ फाउण्डेशन नेपालको सहयोगमा शुक्लापाटामा नगरपालिका वडा नम्बर ९ मा १ दिने निशुल्क आखाँ शिविर संचालन हुने शुक्लाफाटा नगरपालिका वडा न ९ का वडा अध्यक्ष रमेश ऐरले बताएका छन् ।

निशुल्लक आखाँ शिविरमा आखाँ चेकजाँच पश्चात नि.शुल्क औषधि वितरण,बिरामीको प्रकृती हेरी नजिकको लेखपढ गर्ने सक्ने चस्मा निशुल्क वितरण गर्ने,आखाँमा मोतिबिन्दु तथा मासु पलाएको बिरामीहरुका लागि धनगढी नेत्रालय आखाँ अस्पताल धनगढीमा नि.शुल्क शल्क्रियाको व्यावस्था गरिने,शल्यक्रियाका लागि छनौट भएका बिरामिहरुलाई धनगढि नेत्रालय आखाँ अस्पताल धनगढी एक तर्फि गाडि भाडाको व्यावस्था समेत रहेको अध्यक्ष ऐरले बताए ।

निशुल्ल्क आखाँ शिविरमा बिरामिको लागि नाम दर्ता शुल्क रु २५ मात्र लाग्ने र यहि पुष ७ गते संचालन हुने नि.शुल्क आखाँ शिविर बाट लाभ लिनको लागि वडा अध्यक्ष ऐरले वडा नम्बर ९ मा बसोवास गर्ने सबैलाई अनुरोध समेमत गरेका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार