२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

बिमा कम्पनीहरुले जिवन बिमा भन्दा निर्जीवन बिमा गराउन अग्रसर हुनुपर्दछ –नगरप्रमुख ओझा

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । बीमा कम्पनीहरुले जिवन बिमा भन्दा निर्जीवन बिमा गराउन अग्रसर हुनुपर्ने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताएका छन् ।

कृष्णपुर नगरपालिकाको गुलरीमा समपन्न नेपाल प्रविधिकरणको कृष्णपुर नगरपालिकासंग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख ओझाले बीमा कम्पनीहरुले जिवन बिमा भन्दा निर्जीवन बिमा (कृषी,पशु बिमा ) बढि गराउन केन्द्रीत गराउनु पर्ने बताएका हुन ।

ओझाले जीवन बिमा गर्ने कम्पनीहरु अत्याधिक बढि संख्यामा र बिमा गर्ने मरिहत्ते गर्ने गरेको भएपनि अहिलेको मुख्य आवश्यकता निर्जीवन बीमा गराउने भएकोले त्यसतर्फ अग्रसर भएर हरेक व्यावसायी किसानहरुको सरल र सहज पहुचमा बीमा सेवा प¥याउन तत्पर रहेको समेत कार्यक्रमा बताएका छन् ।अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बीमा प्रविधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीलेनेपालमा बीमाको ईतिहास,अवस्था र महत्वको बार्यमा जानकारी गराएका थिए ।

नेपाल बीमा प्रविधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा आयोजना गरिएको थियो भने अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहेका थिए भने विशिष्ट अतिथिमा नगरपालिकाका नि. कार्यालय प्रमुख विष्णु दत्त भट्ट रहेका थिए । कार्यक्रममा कृष्णपुर नगरपालिकाका विभिन्न वडामा जनप्रतिनिधि र सरोकारवालाको समेतको उपस्थििति रहेको थियो ।कार्यक्रमको संचालन नेपाल बीमा प्रविधिकरण सुदुरपश्चिम प्रदेश कार्यालयका सहायक प्रमुख दिपक ज्ञवालिले गरेका थिए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार