२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

बेलडाँडीबाट खैरो हेरोइन सहित तीनजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडीबाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर १ थापा टोलबाट सोही ठाउँ बस्ने मनिष थापा र हेमन्त निरौलालाई एक सय मिलिग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको र वडा नम्बर २ बाट सोही वडा बस्ने मनमोहन सिंह साउँदलाई ४.३४० ग्राम खैरो हेरोइन सहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार