Thursday, April 25, 2024

बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

प्रकाशित:

महेन्द्रनगर । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते  भएका छन ।

पुर्चौडी नगरपालिका–७ सुइलेकमा सु.प.प्र ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका हुन् ।

बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको उक्त जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

उनका अनुसार घाइते हुनेमा बुङ्गल नगरपालिका–७ अठ्पालीकी ४५ वर्षीया हर्कादेवी धामी, २० वर्षीया सचिन धामी, वडा नं. ८ की ५० वर्षीया मैनादेवि बोहरा, वडा नं.४ की ४८ वर्षीया लालीदेवि कार्की, ५२ वर्षीया धनसरा सिंह र जिप चालक डोटीको जोरायल गाउँपालिका–२ का ५५ वर्षीय बिष्णु भट्ट रहेका छन्।

घाइतेहरुको देउलेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार