अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली टोलि मुम्बई प्रस्थान

प्रकाशित:

महेन्द्रनगर । अन्तराष्ट्रिय कराते च्याम्पियनमा भाग लिन नेपाली टाेली मुम्बई प्रस्थान गरेकाे छ ।

मिक्स मार्शल आर्ट फिड्रेशन इण्डियाको आयोजनामा डिसेम्बर १८ गते देखि मुम्बईमा हुन लागेको अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टीम बुधबार भारत प्रस्थान भएको छ ।

मुख्य प्रशिक्षक, रवीन्द्र मानन्धरको नेतृत्वमा ७ जना खेलाडीका र रेफ्री राकेश श्रेष्ठको टोली उक्त प्रतियोगितामा भाग लिन मुम्बई गएका हुन् ।

नेपालले उक्त प्रतियोगिताको कता र कुमुते गरी कराँतेका २ विधामा भाग लिने छन् ।

कराँते कातामा पुरुष टीम काता मात्र रहने र कुमुते तर्फ पुरुषमा राजकुमार श्रेष्ठ, मनिस कार्की , अमृत ठोकरले क्रमशः ५५,६०,६७ भिड्ने छन भने महिलामा कुमुते तर्फ सञ्जु देशार, श्रृजना महतारा, नानु शाक्य र श्रद्धा थापाले क्रमशः ५४,५०,५५,६१ केजी तौल समूहमा प्रतिश्पर्धा गर्ने मुख्य प्रशिक्षक रविन्द्र मानन्धरले बताए ।

नेपालको खेल क्षेत्रमा अतुलनीय योगदान दिदै आएका प्रशिक्षक रविन्द्र मानन्धरले कोभिड १९ महामारीकाे बेला समेत खेलाडीलाई अनलाईन कराँते काता प्रतिश्पर्धामा सहभागी गराई नेपाललाई अन्तराष्ट्रिय मेडल दिलाएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार