Friday, March 29, 2024

यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा भएको उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार ३ जनाको घटनास्थलमै र अरु १४ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

बा ३ ख ४३८५ नम्बरको उक्त बसमा सवार अरु १० जना घाइते भएको र उनीहरुको धुलिखेलका साथै शिर मेमोरियलमा उपचार भइरहेको छ।

बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । तीव्र गतिको बस सडकमै पल्टिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार