Saturday, July 27, 2024

कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटनामा एकजना युवाको मृत्यु

प्रकाशित:

 

महेन्द्रनगर । कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो ।

अर्जुनी ब्यारेक नजिकको घासे मैदानस्थित सडकमा दुर्घटना भएको थियो । आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडक भन्दा १५–२० मिटर टाढा खसेको प्रत्यक्षदर्शीले बताए।

उनको शवलाई अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार