Saturday, July 27, 2024

निङ्गलाशैनी माविको अध्यक्षमा तेस्रो पटक पनि निरञ्जन भट्ट चयन

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयमा तेस्रो पटक पनि निरन्जन प्रसाद भट्ट अध्यक्षमा चयन भएका छन । भीमदत्त नगरपालिका १५ गोरबैया स्थित निङलाशैनी माध्यामिक विद्यालयको अध्यक्षमा उनी तेस्रो पटक पनि चयन भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार विद्यालयमा भएको अभिभावक भेलाबाट भट्ट तेस्रो पटक लगातार भट्ट अध्यक्षमा चयन भएका हुन । अध्यक्ष भट्टलाई नै अभिभावकले पुन जिम्मेबारी दिएका छन ।

यस अघि विद्यालयको अध्यक्ष हुँदा भट्टले विद्यालयको बृद्धि विकास एव शैक्षिक गुणस्तरमा बृद्धि गरेपछि अभिभावको बलजोडमै उनी अध्यक्ष भएका हुन । निङलाशैनी माविको अध्यक्षमा पुन जिम्मेबारी पाएपछि आफ्नो तफबाट सक्दो काम गर्ने प्रण गरेका छन ।

उनी हक्की र प्रष्ट वक्ता निर्माण व्यवसायीका परिचित छन् । सुदूरपश्चिम प्रदेशमा उत्कृष्ट निर्माण कार्यका लागि उनी विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट सम्मानित भइ सकेका छन् । भट्टले भवन, सडक, सिँचाई लगायतका निर्माण कार्य गरेका छन् ।

जनतामाझ सालीन छवि बनाएका भट्ट सुदूर पश्चिममै एक परिचीत समाजसेवी हुन् । लगातार तीन दशक देखि निर्माण व्यवसाय संगै समाजसेवामा तल्लिन छन्, उनी ।

निर्माण व्यवसायी संघ सुदूर पश्चिमका पुर्व महासचिव र कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष भट्ट उदयदेव सहकारी संस्थाका पुर्व कोषाध्यक्ष समेत रहेका थिए ।

निर्माण व्यवसायी भट्ट शिक्षा क्षेत्रमा समेत अग्रणी भूमिका राख्दै आएका छन्। उनी निङ्गलाशौनी माध्यमिक विद्यालय गोबरैयाका विद्यालय व्यवस्थापन समितिमा भट्ट लगातार तेस्रो पटकका लागि अध्यक्ष चयन भएका हुन् ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष भट्ट २०७८ मा संविधान दिवसको अवसरमा सम्माननिय राष्टिूपति विद्या देवी भण्डारीबाट जनसेवा श्री पदकबाट बिभूषित भएका हुन् ।

कञ्चनपुर एवं सुदूरपश्चिमकै निर्माण व्यवसायबाट उत्कृष्ट नतिजा दिन सकेकोमा भट्ट जनसेवा श्री पदकबाट बिभूषित भएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार