|
Tuesday, December 12, 2023

श्रीमतीले गरिन श्रीमनको हत्या

प्रकाशित:

महेन्द्रनगर । अर्धखाँची छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी ५५ वर्षकी लक्ष्मी नेपालीले आफ्नो पति ७० वर्षीय बलबहादुर सार्कीको हत्या गरेकी छन् ।

शनिवार साँझ घरायसी झगडा हुँदा बलबहादुरले लक्ष्मीलाई सामान्य कुटपिट गरेका थिए। रिसको झोकमा लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली श्रीमानको घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरीले बताएको छ।

लक्ष्मीले बलबहादुरलाई पासो लगाई घरको दोस्रो तलाको दलिनमा झुण्ड्याएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको बताइएको छ।

सार्की दम्पत्तिले झगडा गर्नुपूर्व मदिरा सेवन गरेका थिए।रक्सीको मातमा घटना भएको प्रहरीले अनुमान गरेको छ।

लक्ष्मीलाई पक्राउ गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार