Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

लक्ष्मी माध्यामिक विद्यालयले पहिलो मुखपत्र ‘लक्ष्मी माला ‘ प्रकाशित गर्यो

प्रकाशित:

Advertisements

महेन्द्रनगर । लक्ष्मी माध्यामिक विद्यालयले विद्यार्थीहरुको बौद्धिक विकासका साथै शैक्षिक सुधारका लागि आफ्नो पहिलो मुखपत्र ‘लक्ष्मी माला ‘ प्रकाशित गरेका छन् ।

भीमदत्त नगरपालिका-१५ खैरभट्टीमा रहेको लक्ष्मी माध्यामिक विद्यालयले पहिलो मुखपत्र ‘लक्ष्मी माला ‘ प्रकाशित गरेका हुन ।

शनिबार एक कार्यक्रमका विच उक्त मुखपत्र ‘लक्ष्मी माला’को बिमोचन सार्वजानिक गरिएको छ । २०३५ सालमा स्थापना भएको विद्यालयले पहिलो पटक लक्ष्मी माला प्रकासित गरेको छ ।

लक्ष्मी मालाको बिमोचन गर्दै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य रमेश लेखक र प्रदेश सभा सदस्य बेद बहादुरले विद्यालयले गरेको प्रयास अनुकरणीय भएको बताउँदै उहाँले यो लक्ष्मी मालाले निरन्तरता पाओस् भनेर शुभकामना ब्यक्त गरेर आगामी दिनमा यो विद्यालयको बृद्धि विकासका लागि आर्थिक रूपमा आ–आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता गरेका छन ।

सभापतिमा लक्ष्मी माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र सिह साउद, प्रमुख अथितिमा नव निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्यमा पुर्वमन्त्री रमेश लेखकको र बिशिष्ठ अथितीमा क्षेत्र ३ (ख) बाट नव निर्वाचित प्रदेश सभा सदस्य बेल बहादुर रानाको मुखपत्र विमोचन गएका छन् ।

अध्यक्ष साउदले विद्यालयका शैक्षिक र बालबालिकाहरुको बौद्धिक विकासका साथै शैक्षिक सुधारका लागि प्रभावकारी ढङगबाट निरन्तरता अघि बढाउने उदेश्यले पहिलो पटक मुखपत्र लक्ष्मी माला प्रकासित गरिएको बताए ।

विद्यालयका प्राध्यानाध्यापक प्रकास बहादुर चन्दले विद्यालयको विद्यार्थीहरुको विकासको लागि शैक्षिक स्तर बृद्धिका लागि प्रतिबद्धता जनाएका छन । चन्दले विगत भन्दा अहिले गुणस्तरबृद्धि भएको विद्यालयले पहिलो पटक लक्ष्मी माला प्रकासित गरेपछी विद्यार्थी, शिक्षक, अभिभावक हर्षित भएका बताए ।

अध्यक्ष साउदले ग्रामिण भेगको सामुदायिक विद्यालयको भौतिक, शैक्षिक स्तर बृद्धि गर्दै भविष्यमा नमुना विद्यालय बनाउनेतर्फ प्रर्यत्न भईरहेको बताए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार