Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

साधारण सदस्य समेत नरहनेगरी नेकपा एमालेका अध्यक्ष चन्द कारबाही

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेकपा एमाले बैतडील पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाहीका लागि सिफारीस गरेपछि चन्दले आफुमाथी मात्रै नभई सम्पुर्ण स्वराडबासीमाथी कारवाही भएको प्रतिक्रिया दिएका छन् ।

उनलाइ लडेर शरिरमा चोट लागेको हुनाले दुईचार दिन आफु अस्पतालमा उपचाररत रहेको बताउदै चन्दले आफु निर्वाचनमा निरन्तर खटिएरै लागेको दाबी गरेका छन् ।

क्षेत्र नं(ख)बाट पराजित भएका लिलाधर भट्टले लोकतान्त्रिक प्रर्णालीमा जित हारलाई सामान्य रुपमा लिनुपर्ने समेत चन्दले बताएका छन् ।

‘मलाई कारवाही भएको हैन, स्वराड बासीलाई भएको हो, थोरै समयको पर्खाइमा रहनु होला, पार्टी भनेको दुईचार जनाको पेवा होइन,’ चन्दले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

‘२०६२ ०६३ मा कता हुनुहुन्थ्यो, अहिलेका कम्पनीवाला कता जागिर गर्दै हुनुहुन्थ्यो ?’ लगायतका प्रश्न समेत गर्नु भएको छ ।

पार्टीलाई कम्पनीको रुपमा चलाउदै आएको चन्दको आरोप छ । गत पौषमा जिल्ला अधिवेशनमा आफु जिल्ला अध्यक्षको लागि उम्मेदवारी दिएपछि आफुलाइ किनारा लगाउन खोजेको समेत चन्दको भनाइ छ ।

अहिले पराजित भएका लिलाधर भट्टले पञ्चेश्वर गाउँपालिका अध्यक्षमा आफुले उम्मेदवारी दिएपछि मेरा बिरुद्ध बागी उम्मेदवार उठाएको समेत आरोप लगाएका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार