Saturday, July 27, 2024

महाकाली नदीको बहाव भारतिय पक्षले नेपालतर्फ फर्काएर

प्रकाशित:

महेन्द्रनगर । भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतर्फ फर्काएर अनधिकृत पक्की संरचना निर्माण गरिरहेको विषयमा नेपालले कूटनीतिक नोट पठाएको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार काठमाडौंस्थित भारतीय दूतावासमार्फत मंगलबार दिउँसो कूटनीतिक नोट पठाइएको हो।

कूटनीतिक पत्रमा नेपालको सहमतिबिना महाकाली नदी क्षेत्रमा संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने स्मरण गराइएको छ।

सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन कूटनीतिक रूपमा दीर्घकालीन समाधान खोज्न पनि जोड दिइएको छ ।

सीमामा एकतर्फी रूपमा संरचना निर्माण भइरहेको सम्बन्धमा भारतलाई कूटनीतिक पत्र पठाउन आग्रह गर्दै गृह मन्त्रालयले सोमबार परराष्ट्रलाई पत्राचार गरेको थियो।

गृहको पत्रमा दार्चुला सदरमुकाम खलंगापारि भारतले महाकाली नदी मिच्दै एकतर्फी रूपमा तटबन्ध बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख थियो।

गृहले सीमा क्षेत्रमा यस्ता घटना पटकपटक दोहोरिरहेको उल्लेख गर्दै कूटनीतिक पहल गरी दीर्घकालीन समाधान खोज्न पनि परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियो।

गृहकै पत्राचारलाई आधार मानेर भारतलाई कूटनीतिक नोट पठाइएको परराष्ट्रका एक अधिकारीले बताए।

दार्चुलाको सीमा क्षेत्रमा आइतबार दिउँसो ४ बजेतिर दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो ।

पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालयनजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

नेपाली बालक घाइते भएपछि आक्रोशित स्थानीयले झोलुंगे पुलको गेटमा तालाबन्दी गरेर केही समयका लागि आउजाउ बन्द गरेका थिए। प्रशासनले बल प्रयोग गरेर केही घण्टामै गेट खुलाएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार