Friday, April 19, 2024

प्रधानन्यायाधीस चोलेन्द्र जबरालाई सर्वोच्च छिर्न नदिन गेटमा बारले धर्ना दिँदै

प्रकाशित:

महेन्द्रनगर । महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च छिर्न नदिन धर्ना दिइने भएको छ ।

कानुन व्यवसायीहरूले यसअघि पनि जबरालाई राक्न भन्दै लामो समय सर्वोच्चमा धर्ना दिएका थिए । जबरा आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारले अवरोधको तयारी गरेको हो । जबरालाई आज संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा सर्वोच्च फर्कन लागेका हुन् ।

जबराविरुद्ध सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता गराएका थिए । महाअभियोग दर्ता भएपछि जबरा स्वतस् निलम्बनमा परेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार