Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

भीरबाट लडेर दार्चुलामा दुई जनाको मृत्यु

प्रकाशित:

Advertisements

महेन्द्रनगर । लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए ।

यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ । हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको प्रहरीको भनाई छ ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार