२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

जन्ती बोकेको जीप दुर्घटना, पाँच जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, भने नौ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ न. जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटनामा परेको जानकारी दिनुभयो । मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् ।

मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साहको परिचय खुलेको छ भने अन्यको परिचय खुलेको छैन ।

ताजा समाचार

सम्बन्धित समाचार