Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

धनगढीमा स्कारपियोले ठक्कर दिएर एक किशोर घाइते

प्रकाशित:

Advertisements

महेन्द्रनगर । धनगढीमा स्कारपियोले ठक्कर दिएर एक किशोर घाइते भएका छन्। शुक्रबार बिहान धनगढी उपमहानगरपालिका-५ स्थित ऐश्वर्य चोक नजिकै स्कारपियोले ती किशोरलाई ठक्कर दिएको थियो।

ठक्करपछि पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय अनिश बिक घाइते भएका छन्। उनलाई ठक्कर दिने गाडी अहिले फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

विद्यालयतर्फ गइरहेका उनलाई एक्कासी स्कारपियोले ठक्कर दिएर फरार भएको त्यहाँका स्थानीयले बताएका छन्। घाइतेको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

हिजोमात्रै सोही ठाउँ नजिकै कालिका कन्स्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिंदा साइकलमा विद्यालय गइरहेकी १५ वर्षीया चेतना साउदको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनाको विरोधमा बालिका अध्ययनरत पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीले शुक्रबार बिहानैदेखि धनगढीमा प्रदर्शन गरिरहेका छन्।

स्थानीय प्रशासनले बिहीबार साँझबाट घटनास्थल आसपासको क्षेत्रमा निषेधाज्ञा लागू गर्दै शव उठाएको थियो तर स्थानीयले भने आन्दोलन झन चर्काएका छन्।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थिति सामान्य नभएसम्मका लागि अनिश्चितकालीन निषेधाज्ञा यथावत् रहेको जनाएका छन्।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार