Saturday, July 27, 2024

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्छ : कांग्रेस नेता भण्डारी

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र न. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले चुनौतीको समाधान गर्न नसक्ने बताए ।

वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने उनले बताए । सरकारको नेतृत्व कस्ले गर्ने भन्नेबारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरिने उनको भनाइ छ ।

पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ ।जिल्लामा अधुरा तथा नयाँ बिकास निर्माणका कामहरुलाई पूरा गर्नेगरी काम गर्ने भण्डारीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार