Saturday, July 27, 2024

भारतीय नागरिकमाथि कपिलवस्तुमा गोली प्रहार

प्रकाशित:

महेन्द्रनगर । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका-४ चाकरचौडामा भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय भारतीय नागरिक ईरशाद खान माथि दुई ओटा गोली प्रहार भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खान माथि काँध र कम्मरमा गरी दुई गोली लागेको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पु¥याइएको बस्नेतले बताए । गोली हान्ने व्यक्तिको पहिचान भएको छैन ।

भारतीय प्रहरीसँगको समन्वयमा गोली हान्ने व्यक्तिको खोजी र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार