
महेन्द्रनगर । गत वर्षमा डिभिजन वन कार्यालयले ५ लाख ६० हजार बोटबिरुवाहरु उत्पादन गरी वितरण गरेको छ ।
वितरण गरिएका बिरुवाहरु किसानहरूले निजी जग्गा क्षेत्रमा वृक्षरोपण गर्ने गरेका छन् । कञ्चनपुर जिल्लाभरि वन माथिको निर्भरता कम गर्नका लागि डिभिजन वन कार्यालयले बोटबिरुवाहरुको नर्सरी तयार गरि रहेका छन् ।
डिभिजन वन कार्यालयले किसानहरूको माग अनुसार जग्गाको लालपुर्जा र नागरिकताको फोटोकपी जमीनको क्षेत्रफल अनुसार एक कट्टा जमीन पुरैमा वृक्षरोपण गर्नु छ, भने त्यसलाई कम्तीमा ५० ओटा बिरुवाहरु निशुल्क वितरण गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।
उत्पादन गरिएका बिरुवामा शिसम, बास, रक्त चन्दन, अशोक, भीमाल, बडहर, बकाइनो,पारिजात मसला, सागवन, कोईरालो, तेजपात, साल, कल्की, बर्रो लगायतका बिरुवाहरु रहेका अवस्थीले बताए ।
फलफुलका बोट बिरुवाहरु चाहिँ बाह्य क्षेत्रबाट खरिद गरेर ल्याउने अवस्थीले बताए । बोटबिरुवाहरु असार १५ पछि प्रत्येक दिन वितरण भइरहने अवस्थीले बताए ।
