Saturday, July 27, 2024

कञ्चनपुरमा लागु औषधसहित तीन जना युवायुवती पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवायुवती पक्राउ परेका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका(३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन्।

जिल्लाको बेलौरी नगरपालिका(७ बाट सोमबार अटोमा सवार उनीहरुलाई २।९१ ग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। उनीहरु सवार सु।प्र।प।०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

उनीहरुलाई शंका लागी चेकजाँच गर्ने क्रममा राकेशले बायाँ हातमा लुकाईछिपाई राखेको लागुऔषध खैरो हिरोइन बरामद गरिएको र तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार