Saturday, July 27, 2024

कञ्चनपुरः कांग्रेस नेता लेखकको शानदार जित, धामीलाई पाखा लगाउँदै नेता साउँद विजयी, कञ्चपुर–१ बाट चम्किए तारा

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कञ्चनपुरका दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित हासिल गरेको छ, भने एकमा नेकपा एमाले विजयी भएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका नेता एनपी साउँदले ६ हजार ४५५ मतान्तर सहित विजय हासिल गरेका छन् । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका नेता नरबहादुर धामीले २१ हजार ६४५ मत ल्याएका हुन्, भने नेता साउँदले २८ हजार १०० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

०७४ को निर्वाचनमा नेता साउँदलाई धामीले जितेका थिए भने्, यसपटक माओवादी केन्द्र संगको गठबन्धनबाट नेता साउँदले जित हासिल गरे ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट कांग्रेस नेता रमेश लेखकले प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पाखा लगाउदै शानदार जित ग्रहण गरेका छन् । माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका नेता लेखकले राप्रपा–एमालेको गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उत्रिएकी नेतृ निरुदेवी पाललाई १२ हजार ७५ को मतान्तरले पाखा लगाएका हुन् ।

नेता लेखकले ३० हजार ५२३ मत ल्याउदा एमाले नेतृ पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन् । पाल ०७४ मा एमालेबाट समानुपातिक सांसद समेत हुन् । कांग्रेस नेता लेखक ०७४ को निर्वाचनमा एमालेका डा. दिपक प्रकाश भट्ट संग झिनो मतले मात्रै पराजित भएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा भने माओवादी–कांग्रेस गठबन्धनकी साझाँ उम्मेदवार बिना मगर एमाले नेता तारा लामा तामाङ्ग संग पराजित भएकी छिन् । । मत गणनाको सुरुवाती अग्रता लिएका एमाले नेता तारा लामा तामाङ्गले बिना मगरलाई फराकिलो मतान्तरले पराजित गर्दै विजय भएका छन् ।

त्यस्तै कञ्चनपुर–१(१) बाट प्रदेश सभा सदस्य सदस्यका लागि एमालेका नेता बिर बहादुर थापा (पातल) एक हजार ५३ मतका साथ साथ विजयी भएका छन् । थापाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बन्धु रानाले ११ हजार ६ मत ल्याउदा उानले १२ हजार ३५९ मत ल्याए ।

कञ्चनपुर १(२) मा भने कांग्रेस नेता दिवान सिंह बिष्ट विजय भएका छन् । नेता बिष्ट ९१७ मतका साथ विजयी भएका हुन् । कांग्रेसका बिष्टले ८ हजार ५२० मत ल्याए भने्, उनका निकटतम प्रतिस्पर्धी एमालेका पल्लब राज भट्टले ७ हजार ६०३ मत प्राप्त गरे ।

कञ्चनपुर क्षेत्र नं. २ (१) बाट लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार माओवादी नेता ओम विक्रम भाट (सरल) ४७५ मतको फरकले विजयी भएका छन् । माओवादी नेता भाटका निकटतम प्रतिस्पर्धी एमालेका बचन बहादुर सिंहले १० हजार ४५० मत ल्याउदा उनले १० हजार ९२५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

कञ्चनपुर २(२) बाट प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका नेता बहादुर सिंह थापा विजय भएका छन् । थापाले एमालेका कृपाराम रानालाई एक हजार ७२६ मतले पछाडी पारे ।

कांग्रेस नेता थापाले १० हजार ६४५ मत ल्याउदा एमालेका रानाले ८ हजार ९४२ मत प्राप्त गरे । कांग्रेस नेता थापा ०७४ को निर्वाचनमा लालबहादुर खड्का संग पराजित भएका थिए ।

त्यस्तै कञ्चनपुर–३ (१) बाट प्रदेश सभा सदस्यका लागि नेकपा एकिकृत समाजवादीका प्रकाश रावल विजयी भएका छन् । नेता रावलले कांग्रेस–माओवादी र एमाले–राप्रपाको गठबन्धनलाई परास्त गर्दै एक हजार ८७० मतका साथ विजय हासिल गरेका हुन् । उनले कांग्रेस–माओवादी गठबन्धनका साझाँ उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट र एमाले–राप्रपा गठबन्धनका धर्मराज जोशीलाई पाखा लगाउदै शानदार जित गरेका छन् ।

नेता रावलले ८ हजार ७१८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी धर्मराज जोशीले ६ हजार ८५८ मत प्राप्त गरे भने, लोकतान्त्रिक वाम गठबन्धनका साझाँ उम्मेदवार भट्टले ६ हजार १९५ मत मात्रै ल्याउन सके । माओवादी नेता भट्ट र रावल बिच केन्द्र गठबन्धनले मित्रवत प्रतिस्पर्धाको नाम दिएको थियो ।

कञ्चनपुर ३(२) बाट कांग्रेस नेता बेलबहादुर राना मगर फराकिलो मतान्तर सहित बिजय भएका छन् । रानाले एमाले–राप्रपाको गठबन्धनका सयुक्त उम्मेदवार अर्थात एमाले कञ्चनपुरका अध्यक्ष, भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र बिष्टलाई ५ हजार ६०४ को मतान्तरले चुनाव पराजित गरेका छन् ।

०७४ को निर्वाचनमा माओवादी नेता मान बहादुर सुनार संग पराजित भएका कांग्रेस नेता रानाले यसपटक एमालेका सुरेन्द्र बिष्टलाई फराकिलो मतान्तरले पराजित गरे । कांग्रेसका रानाले १६ हजार १५२ मत प्राप्त गर्दा एमालेका बिष्टले १० हजार ५४८ मत मात्रै प्राप्त गर्न सके ।

ताजा समाचार

सम्बन्धित समाचार