वातावरण संरक्षण तथा समाज कल्याण संस्था कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न. १८ कटान नजिक चेतन होटेलमा शुक्रबार वातावरण संरक्षण तथा समाज कल्याण संस्थाको कार्यक्रम सञ्चालन गरेको छ ।

जसमा भीमदत्त नगरपालिकाका २८ वटा विद्यालयका शिक्षकहरु उपस्थित भएका थिए । शिक्षकहरुलाई संस्थाका उपाध्यक्ष पशुपति थापा मगरले कार्यक्रममा स्वागत गरेका हुन ।Open photo

भीमदत्त नगरपालिकाका सरकारी विद्यालयमा ECD देखि कक्षा ८ सम्मको पहिलो चरणका ४ हजार ३ सय १९ जना विद्यर्थीहरुलाई १९ वटा शैक्षिक सामग्री लगाएत झोला वितरण गर्नु अघि विद्यालयलाई अभिमुखिकरण गरेका छन् ।

यस संस्थाले शिक्षा, स्वास्थ्य, पानी ,कृषि, जिविपिकोपार्जन,वातावरण, बिपत,सुशासन लगायतका विभिन्न विषयमा सामाजिक सेवा कार्य गर्ने गरेको छ ।Open photo

संस्थाले झण्डै १ महिना अगाडि भीमदत्त नगरपालिकामा १० जना अपाङ्गता व्यक्तिहरूलाई हुयिचियर सामग्री वितरण गरेको यस कार्यक्रमका प्रमुख गणेश राज भट्टले बताए ।

आगामी दिनमा संस्थाले कञ्चनपुर जिल्लाको अरु नगरपालिका, गाउँपालिका सगँै सुदुरपश्चिम प्रदेशभरि यो कार्यक्रम विस्तार गर्ने योजना बनाएको भट्टले बताए ।

उक्त कार्यक्रममा उपस्थित शिक्षक शिक्षिकाहरुले कार्यक्रमलाई एकदमै मन पराएको र आगामी दिनहरुका कार्यक्रममा पनि आफनो सहभागी गराउने बताए ।Open photo

ताजा समाचार

सम्बन्धित समाचार