Saturday, July 27, 2024

बझाङ सदरमुकाममा मतगणना सुरू

प्रकाशित:

महेन्द्रनगर । बझाङमा मतदान भएको तीन दिनपछि मतगणना कार्य सुरू भएको छ । साईपाल गाउँपालिकाको मतपेटिका सदरमुकाम ल्याउन ढिला भएपछि मतगणना कार्य प्रभावित भएको थियो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएपछि दिउँसो ४ बजेबाट सदरमुकाममा मतगणना कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यको ४ ठाँउमा र प्रदेशसभा सदस्यको ४ ठाउँ गरी ८ ठाँउमा मतगणना सुरू गरिएको छ । बझाङमा ६३ हजार ४८९ मत खसेको छ । यो कुल मतको ५२ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पहिलो मतगणना साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट सुरू भएको छ। प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीबाट सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महर रहेका छन् ।

यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन्। प्रदेशसभाको लागि निर्वाचन क्षेत्र नं १ मा गबन्धनका तर्फबाट नेपाली काङग्रेसका पृथ्वी बहादुर सिंह र एमालेका अफिलाल ओखेडाबीच मुख्य प्रतिस्पर्धा छ भने क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भिम भण्डारी, एमालेका लालबहादुर रावल र राप्रपाका वीरेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार