Saturday, July 27, 2024

बाघको आक्रमण बाट मझगाउँमा एक महिला घाइते

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित आइतबार दिउँसो भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बाघको आक्रमणले उनको नाक र निधारमा चोटपटक लागेको छ । सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताए ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार