Thursday, March 28, 2024

स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाए

प्रकाशित:

महेन्द्रनगर । बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन् ।

फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ ।

स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ ।

बझाङको केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा बिहान साढे ९ बजेदेखि रोकिएको मतदान केही बेरअघि शुरु भएको हो ।

स्वतन्त्रका एजेण्ट कमल भण्डारी र माओवादी उम्मेदवारका एजेण्ट कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार