Thursday, April 25, 2024

निर्वाचनको मौन अवधीमा जब उम्मेदवार बिष्टकी श्रीमती दोधारा चाँदनीमा एकल भोट माग्दै गरेको भेट्टिइन्

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी वडा नं. २ मा उम्मेदवारकै श्रीमती निर्वाचनको मौन अवधीमा प्रचार प्रसार सामग्री सहित प्रचार गरिरहेको भेट्टिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र बिष्टका श्रीमती दोधारा चाँदनीको वडा नं. २ मा प्रचार प्रसार सामग्री सहित प्रचार गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका छन् ।

वडा नं. २ का स्थानीय देबेन्द्र नायकका अनुसार उम्मेदवार बिष्टकी श्रीमतीलाई प्रचार सामग्री सहित भेट्टिएकी हुन् । उम्मेदवार सुरेन्द्र बिष्टको एकल प्रर्चा पम्पलेट सहित उनकी श्रीमती घर घर पुगेर भोट माग्दै पुगेको खबर पाएपछि वडाका स्थानीयहरुमा हल्लाखल्ली मच्चिएको बिशाल बिष्टले बताए ।

निर्वाचन आयोगले हिजो राती १२ बजे देखि मौन अवधी लागु गरेको छ । यो मौन अवधीमा कुनै पनि किसिमले उम्मेदवारको प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोग कञ्चनपुरका प्रमुख उदय राज जोशीले बताए ।

No description available.

No description available.

No description available.

 

 

ताजा समाचार

सम्बन्धित समाचार