Saturday, July 27, 2024

घर निर्माणका सामग्रीहरु जथाभावी, सवारी साधन तथा पैदल यात्रुलाई सास्ती

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका बिभिन्न क्षेत्रमा घर निर्माणका सामग्रीहरु जथाभावी सडकलाई आधा छोपिने गरी राखिदिनाले सवारी साधन तथा पैदल यात्रुलाई सास्ती भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका ४ का गणेश नेपालीको मोटरसाईकल गत हप्ता सडकमा राखिएको बालुवा चिप्लिएर दुर्घटना भयो, तर सामान्य हातमा चोट लागेको उनी बताउँछन् ।

भगतपुर नजिकबाट बजार जानेक्रममा सडकमा राखिएको बालुवामा उनले चलाएको मोटरसाईकल चिप्लिएर लडेको थियो । ‘बजार जाने क्रममा सडक आधा छोपिने गरी राखिएको बालुवा चिप्लिएर लडे’ उनले भने, ‘त्यसरी सडक नै आधा छोप्ने गरी बजार तथा अन्य शाखा सडकमा घर निर्माणका समाग्रीहरु राखिएको छ जस्ले गर्दा सवारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन ।

बजारका मुख्य सडकमा निर्माण सामग्री छरपष्ट रुपमा राख्दा दुर्घटनाको जोखिम बढेको छ । विभिन्न ठाउँबाट बजारमा सामान किनमेल गर्न आउने सर्वसाधारण र सवारी साधनको बढी भिडभाड हुने मुख्य बजारका सडकमा जथाभावी सामान राख्दा दुर्घटनाको जोखिम संगै बजारको सौन्दर्यता समेत हराएको छ ।

अहिले बजार क्षेत्रमा पनि सडक विस्तारको कार्य पनि संचालित भएको अवस्थामा बजार जान पनि बिभिन्न अन्य शाखा सडकको प्रयोग बढेको छ ।

त्यसै क्रममा शाखा सडकमा नवनिर्मित घर बनाउनका लागि सडक सीमा मिचेर घरटहरा लगायतका स्थायी तथा अस्थायी निर्माणहरु गरिएको अवस्थामा ढुंगा, बालुवा, गिट्टी, सिमेन्ट, रड, लगायतका निर्माण सामग्री सडकमा राखिएको कारण सवारी आवागमन तथा यात्रुलाई समेत समस्या भएको अर्का स्थानिय पदम भाटले बताए ।

एकातिर सामुदायिक पशु चौपायाले आधा सडक बन्द भएको हुन्छ त्यसैमा घर निर्माणका सामग्रीहरुले झन दुर्घटनाको जोखिम बढेको उनले बताए । यो समस्या समाधानको लागी समबन्धित निकायले ध्यान दिनुपर्ने उनले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उमेश चन्दले सडकमा राखिएको निर्माण सामग्रीका कारण दुर्घटनाको जोखिम बढेको बताए । अहिले सडक विस्तारको कार्यले सवारीसाधनले अन्य सडकको प्रयोग गरिरहँदा त्यँहा भएका सडकमा नव निर्मित घरमा चाहिने सरिया, बालुवा ढुङगा लगायतका सामग्रीहरु सडकमा फालिएका छन् ।

त्यहि सामग्रीहरुले दुर्घटनाको जोखिम बढने र स्थानीय तहले यसको नियन्त्रण गर्नुपर्ने उनले बताए । यता भीमदत्त नगरपालिकाका सुचना अधिकारी हरिसिंह धामीले उपभोक्ताहरुले आफनो निर्माण सामग्रीहरुलाई सडकमा हिडने पैदल यात्री तथा सवारी साधनको आवागमन बाधा नपुग्ने गरी व्यवस्थापन गर्न आग्रह गरे ।

नगरपालिकाले निश्चित मापदण्ड बनाएर निश्चित समयावधीको लागी सडकमा सामग्री राख्न दिने व्यवस्था गरेपनि सडक नै बन्द हुने गरी सामग्रीहरु राख्न नपाउने बताए ।

घर बनाउने निर्माण व्यावसायीले पनि व्यवस्थित तवरले आफनो सामग्रीहरु लाई राख्न र आवागमनमा सहज हुने अवस्थामा राख्न उनले बताए ।

साथै यो मंसिर गतेको निर्वाचन पछि नगरपालिकाले अनुगमन गर्ने र सडकलाई बाधा हुने आवागमनमा समस्या भएको देखिएमा तुरुन्तै सामग्री हटाईने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार