
महेन्द्रनगर । दाङमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ क्यूरेनी निवासी ४० वर्षीय लालबहादुर बोटे रहेका छन् ।
हथौडा प्रहार गरी ३४ वर्षीया श्रीमती खुमी बोटेको हत्या गरेको आरोपमा बोटेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मानबहादुर विष्टले जानकारी दिए ।
सामान्य झगडा पछि श्रीमती खुमीको शुक्रबार बिहान ३ बजे हत्या गरेको बयान बोटेले दिएको प्रहरी निरीक्षक विष्टले बताए ।
