Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

निस्कलंक महिला नेतृ भारती समानुपातिक उम्मेदवारः महिला अधिकार सुनिश्चितताको अभियान

प्रकाशित:

Advertisements

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरकी महिला नेतृ हुन्, मधु भारती । उनी अहिले सुदूर पश्चिम प्रदेश सरकारका लागि समानुपातिक उम्मेदवार छिन् । राजनीति संगै समाजसेवामा सक्रिय भएर खटिएर काम गर्ने महिला नेतृ भारतीलाई नेपाली कांग्रेसले अहिले समानुपातिक उम्मेदवार बनाएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीको अग्रणी शैक्षिक संस्था महाकाली माविबाट नेपाल विद्यार्थी (नेवि) संघको राजनीति थालेकी कांग्रेस नेतृ भारती ०४७ देखि पार्टीको सक्रिय राजनीतिमा आएकी हुन् । उनी संग तीन दशक देखीको राजनीतिक अनुभव छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको जिल्ला नेतृत्व समेत हाकिरहेकी भारती स्वच्छ र प्रतिष्ठित छविको पहिचान बनाउन सफल छिन् । कञ्चनपुरको राजनीतिमा निस्कलंकको छवि बनाउन सफल महिलामा कांग्रेस नेतृ भारतीको नाम अग्रपंक्तिमा आउछ ।

नेपाल महिला संघ कञ्चनपुरको सभापति शान्ता शर्मा हुँदा जिल्ला सदस्य रहेका काम गरेकी महिला नेतृ भारती, कल्पाना केसी महिला संघकै सभापति रहदा उप सभापतिको हैसियतले उनले काम गरेकी थिइन् ।

नेपाली कांग्रेसको राजनीतिमा १२ औं र १३ औं महाधिवेशमा महासमिति सदस्य रहेका काम गरेको नेत भारतीलाई अनुभव छ । उनी पार्टीको १४ औं महाधिवेशनबाट पनि प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

०७१ साल देखि कांग्रेस नेतृ भारती नेपाल महिला संघ कञ्चनपुरको सभापति छिन् । महिला संघको नेतृत्व गरिरहदा नेतृ भारती महिला हक अधिकार र पहिचानका लागि निरन्तर वकालत गर्दै आएकी छिन् । अन्र्तपार्टी महिला संजाल कञ्चनपुरको अध्यक्ष रहेर समेत उनले काम गर्दै आएकी छिन् । यसका अलवा उनी विभिन्न समाजिक संघ संस्थाहरुमा आबद्ध रहेर महिलाहरुको हक अधिकार तथा न्यायका लागि काम गर्दै आएकी थिइन् ।

महिलाहरुका लागि न्यायमूर्तिका रुपमा प्रस्तुत हुने कांग्रेस नेतृ भारती सुदूर पश्चिम प्रदेश सरकारका लागि समानुपातिक उम्मेदवार हुन । उनी भन्छिन्, निकै ठुलो परिश्रम तथा संघर्षबाट समानुपातिकमा परेकी छु,’ सम्पुर्ण आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुले समानुपातिकमा मेरो पार्टीको चुनाव चिन्ह रुखमा मतदान गरेर सहयोग गरिदिन हुन अनुरोध गर्दछु ।’

आफुलाई मतदान गरि विजय गराएमा कञ्चनपुरका सम्पुर्ण महिलाहरुको हक अधिकार सुनिश्चितताका लागि आफ्नो पहिलो पहल रहने उनी बताउछिन् । ‘पछाडी परेका महिला तथा गरिब दुःखीहरुको सेवामा पहिला पनि थिए, तर यस पटक जनताको मतबाटै सेवा गर्ने अवसर चाहन्छु ।’ कांग्रेस नेतृ भारतीले भनिन् ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार