२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

नक्कली सुनका गरगहना धितो राखी बैंकबाट कर्जा लिने एकजना प्रकाउ

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । नक्कली सुन धितो राखी कर्जा लिई ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा नक्कली सुनका गरगहना बैंकमा धितो राखेर ठग्दै आएका पर्वत कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–१८ सराङकोट बस्ने २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार सुनारले धितोमा राखेर कर्जा लिएको र लामो समयसम्म कर्जाको ब्याज तथा साँवा बुझाउन नआएका कारण शङ्का लागि जाँच गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुलासा भएको थियो ।

अनुसन्धानका क्रममा निजले धितोमा राखेका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा जाँचका लागि पठाइएको र कमसल सुन प्रयोग गरी बनाइएको गहना भन्ने पुष्टि भएपछि प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।

सुनारले पोखरा–१७ बिरौटास्थित रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र पोखरा–८ पृथ्वीचोकको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबाट रु २४ लाख पाँच हजार कर्जा लिएका थिए ।

सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो। रासस

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार