Advertisements
Advertisements
२०८० जेष्ठ १४, आईतवार |
Sunday, May 28, 2023

जब देशमा संकट आउछ, तब कांग्रेस माओवादीले देश जोगाउन गठबन्धन गर्छः माओवादी नेता बिष्ट

प्रकाशित:

Advertisements

महेन्द्रनगर । लोकतान्त्रिक वाम गठबन्धनलाई सफल बनाउन पाँचै दलका नेता कार्यक्रताहरु एकजुट भएर सक्रिय भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा गठबनलाई सफल बनाउन नेपाली कांग्रेस, माओवादी समाजवादी लगायतका नेता कार्यक्रता युद्धस्तरमा खटिएका छन् ।

सोमबार भीमदत्त–१८ खैरभट्टीमा आयोजित गठबन्धनको एक चुनावी भेलालाई सम्बोध गर्दै माओवादीका युवा नेता बिरेन्द्र राज बिष्टले जब देशमा समस्या संकट आइपर्छ, तब कांग्रेस माओवादीले देश जोगाउन गठबन्धन गर्ने गरेको बताउदै, अहिलेको अवस्थामा यो क्षेत्रबाट कांग्रेस नेता रमेश लेखक, बेलबहादुर राना र माओवादी नेता टेकेन्द्र प्रसाद भट्टलाई जिताउनु पर्ने बताएका छन् ।

देश संकटकको घडीमा अगाडी बढिरहेको नेता बिष्टले बताए । ‘आज देश संकटकोघडीमा छ, आज हजारौं सहिद बेपत्ता र योद्धाहरुको संघर्ष पश्चात बनेको संविधान तहस नहस हुँने अवस्थामा यो लोकतान्त्रिक वाम गठबन्धन बनेको हो ।’ उनले भने ।

हजारौं मान्छेहरुले गठबन्धन साच्चिकै सफल हुन्छ त भन्ने प्रश्न गरि रहेको बताउदै माओवादी युवा नेता बिष्टले भने, ‘कांग्रेस माओवादीको गठबन्धन आज सफल भएको होइन्, जब ०६२/०६३ मा शान्ति सम्झौता भयो, तब देखि नै देश र व्यवस्था जोगाउन गठबन्धन भएर अगाडी बढेका हौं ।’

स्वर्गिय गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले शान्ति सम्झौता गर्ने बखत नै गठबन्धन भएको अवस्था बताउदै नेता बिष्टले माओवादी कांग्रेसका सबै कार्यक्रताहरुलाई एकजुट भएर यस पटक गठबन्धनलाई सफल पार्नका लागि आग्रह गरेका छन् ।

‘जब देशमा घटना परिघटना हुन्छन्, जब देशमा समस्या संकट आइपर्छ त्यतिखेर मात्रै कांग्रेस माओवादीले देश जोगाउन गठबन्धन गर्छ ।’ नेता बिष्टले भने, ‘चाहे संविधान बनाउने पक्रियामा होस्, चाहे संविधान जोगाउने प्रक्रियामा, हामी एकजुट हुन्छौं । अहिले देश जोगाउनुछ । संविधान जोगाउनुछ ।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार